बिहिबार, चैत्र १५, २०८०

निब्र्याजी ऋण सहजरुपमा प्रदान गर्ने व्यवस्था मिलाउन सम्वद्ध निकायलाई  प्राधिकरणको निर्देशन

काठमाडौ असोज २५,  मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था गरेसंगै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिने निब्र्याजी रु ३ लाख ऋण सहजरुपमा प्रदान गर्ने व्यवस्था सम्वद्ध निकायलाई निर्देशन दिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, शहरी विकास मन्त्रालय, बैंकर्स एशोसियशन र महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधिलाई मन्त्रिपरिषद्बाट सोमबार स्वीकृत कार्यविधिअनुसार निजी आवास पुनःनिर्माणका लागि भूकम्पपीडितलाई तत्कालै निब्र्याजी ऋण दिने काममा सहजीकरण गर्न निर्देशन दिदै लाभग्राही सूचीमा परेकालाई सहजरुपमा निब्र्याजी ऋण दिने व्यवस्था मिलाउनुहोस्, कुनै पनि बहानामा भूकम्पपीडितलाई अल्झाउने प्रयास नर्गन भनेको छ ।   साथै उहाँले राष्ट्र बैंकलाई सबै बैंकलाई निब्र्याजी ऋण दिने कामलाई तीव्रताका साथ अघि बढाउने निर्देशन दिन अनुरोध समेत गर्नु भएको छ ।