बिहिबार, बैशाख ६, २०८१

दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी चयन प्रक्रिया शुरु

 काठमाडौ कात्तिक ८,  नेपाली कांग्रेसले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी चयन प्रक्रिया शुरु गरेको छ । उम्मेदवार चयनको क्रममा लोकप्रियता, पार्टीमा निरन्तर क्रियाशीलता र पार्टी प्रतिबद्धतालाई प्राथमिकतामा राख्दै कांग्रेस संसदीय बोर्डको आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले उम्मेदवारी टुंगो लगाउने विषयमा छलफल शुरु गरेको हो ।

जिल्लाबाट सिफारिश भइआएका सूचीमध्येबाट उम्मेदवार बनाउने गरी छलफल सुरु भएको जनाउँदै संसदीय बोर्डले सकेसम्म चाँडै उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।  त्यसैगरी बैठकले कांग्रेससँग सहकार्य गर्न चाहेका दलहरुसँग पनि छलफल अघि बढाउने निर्णय सहित पहिलो चरणको निर्वाचनमा पार्टीका तर्फबाट सिफारीस भएका आधिकारीक उम्मेद्वारबिरुद्ध बागी दिने असन्तुष्टलाई पनि उम्मेद्वारी फिर्ता लिन आग्रह समेत गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30