शनिबार, बैशाख ८, २०८१

देशैभर वाइसिएलको वडा सम्मेलन सम्पन्न

काठमाडौ कार्तिक ११,  नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल ९वाइसिएल०ले आज देखि चुनावी अभियान थालेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभालाई मध्येनजर गर्दै वाइसिएलले आज देशभरका ६ हजार ७ सय ४३ वडामा सम्मेलन सम्पन्न गरेको हो ।

१ बुथ १०० युथको नारा सहित वाईसिएलले देशैभर युवा परिचालन गर्ने निर्णय गर्दै उक्त निर्णयलाई कडाइका साथ कार्यन्वयनको थालनी गरेको प्रचार विभाग प्रमुख पुष्प ओलीले जनाएको छ ।   त्यस्तै प्रचार विभाग ओलीले सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई आसन्न मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनलाइ जिताउन निर्देशन दिदै वाइसिएल अध्यक्ष राम प्रसाद सापकोटा निर्देशन दिईएको जानकारी दिइएको बताए ।

 यसै क्रममा काठमाडौं महानगर १५ को वडा सम्मेलन गणेशमान पुनको प्रमुख आतित्थ्यमा सम्पन्न भएको छ भने महानगर २६ २७, र २८ न वडाको वडा सम्मेलनले क्रमस जेश लामाको अध्यक्षतामा २० सदस्यीय लक्ष्मण भुसालको संयोजकत्वमा ११ सदस्यीय ,तिलक धितालको अध्यक्षतामा २०  सदस्यीय, र २८ न वार्डमा गंगा नेपालीको अध्यक्षता ४० सदस्यीय वडा कमिटी चयन गरेको छ ।