शुक्रबार, चैत्र १६, २०८०

दलहरुलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा हाम्रो छान्ने कि राम्रो भन्ने समस्या

  • प्रतिनिधिसभा सतिकको ११० र प्रदेश सभाको २ सय २० जनाको बन्दसूची तयार गर्न  शीर्ष नेताहरु छलफलमा

काठमाडौं असोज २९, निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज अपराह्न ५ बजेसम्म समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउन पूर्व निर्धारित समय सिमा अनुरुप समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु अहिले आन्तरिक छलफलमा कम्मर कसेर लागेका छन् ।

प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय २० उम्मेदवारका लागि सबै जिल्लाबाट ठूलो संख्यामा उम्मेदवार सिफारिस भएर आएका कारणले गर्दा दलहरुलाइ हाम्रो छान्ने कि राम्रो भन्ने समस्या सिर्जना भएको बुझिएको छ ।

 कांग्रेस होस वा एमाले र नेकपा माओवादी सम्वद्ध स्रोतका अनुसार  प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवारका आकंक्षी माग भन्दा बढि भएका कारण टुंग्याउन समस्या देखिएको बताउँदै यसवीचमा सवैलाइ चित्त बुझाउँन हम्मे हम्मे को अवस्था रहेको बुझिएको छ । त्यसमाथि पनि बन्दसूचीमा    प्रतिनिधिसभा समानुपातिकमा ११० र प्रदेश सभा समानुपातिक तर्फ २ सय २०  जनाको नाम बुझाउँदा समावेशी कोटामा महिला, मधेसी, दलित, थारू, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्रसहितबाट मिलाउनुपर्ने बाध्यताका रहेको छ ।