बिहिबार, बैशाख १३, २०८१

ज्योतिष खरेल सम्मानित

काठमाडौं असोज २१, पूर्वाञ्चलको ईटहरीमा नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष ज्योतिषर्विद भोला नाथ खरेल लाई एक कार्यक्रमकावीच सम्मान गरिएको छ ।  प्रदेश नं १ का अध्यक्ष बिश्वप्रसाद लामिछानेको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा ज्योतिषर्विद खरेललाइ सम्मान गर्दै प्रमुख अतिथि नेपाल ज्योतिष परिषदका केन्द्रीय महासचिव उदय नारायण भट्टराईले सम्मानीत व्यक्तित्व खरेलले  ज्योतिष क्षेत्रमा अतुलनिय योगदान पुर्याउनुका साथै संगठन बिस्तार र शास्त्रलाई जिबित राख्न महत्वपूर्ण योगदान गर्नु भएको बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा सिताराम सोम लुइँटेल, बिपी न्यौपाने, तारा प्र नेपाल, श्रीकेश कौशिक लगायतका केन्द्रीय पदाधिकारीले मन्तव्य राख्नु भएको थियो । कोजाग्रत पूर्णिमाको दिन आयोजित प्रस्तुत कार्यक्रममा प्रमुख अतिथि भट्टराईले उपस्थित महानुभावलाइ टीका जमरा सहित आशिर्वाद दिनुको अलावा जमरा बिसर्जन समेत गरिएको थियो ।