शुक्रबार, बैशाख ७, २०८१

जनप्रिय महिला नेतृ समिता खड्गी श्रेष्ठ प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस

२०४२ सालको सत्याग्रह आन्दोलनका क्रममा१० महिने कारावासको सजाय  सहित नेपालमा लोकतन्त्रका लागि भएको कुनैपनि आन्दोलमा त्यतिकै सक्रिय हुँदै आएकी छिन नेतृ समिता खड्गी श्रेष्ठ

काठमाडौं असोज २५, आगामी मसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि राजनितिक दलले आ-आफ्नो तर्फबाट उम्मेदवारको घोषणा र सिफारिस गर्ने क्रम बढ्दो रहेको छ ।   यसै क्रममा काठमार्डौ काँग्रेस क्षेत्र न. ९ बाट प्रतिनिधिसभाको समानुपातिकतर्फ जनप्रिय महिला उम्मेदवार समिता खड्गी श्रेष्ठलाइ सिफारिस गरेको छ । विधार्थी जिवन देखिनै निरन्तर लोकतान्त्रिक आन्दोलनमा होमिने क्रममा २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै तत्कालीन शाषण व्यवस्थाको विरुद्ध कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा भएको २०४२ सालको सत्याग्रह आन्दोलनका क्रममा पक्राउ परि १० महिने कारावासको सजाय समेत भोगेकी महिला नेतृ श्रेष्ठले नेपालमा लोकतन्त्रका लागि भएको कुनैपनि आन्दोलमा त्यतिकै सक्रिय हुँदै आएकी छिन ।

 राजनैतिक पृष्ठभुमि संगसंगै सामाजीक क्षेत्रमा समेत उत्तिकै क्रियाशील रहने क्रममा लेडि जेसिज लगायत स्थानीय दर्जनौ सघसंस्थामा आवद्ध उहाँ हाल नेपाल महिला संघका केन्द्रीय सदस्य र काठमाडौ काँग्रेसको जिल्ला सदस्यको जिम्मेवारी सहित प्रतिवद्धरुपमा संङगठन विस्तारका सक्रिय रहदै आउँनु भएको छ ।   राजनीति शास्त्रका अव्वल दर्जाको विद्यार्थी समेत रहेका महिला नेतृ समिता खड्गी श्रेष्ठले कामपा वडा न. २१ र आसपासका वडाको समेत स्थानीय समस्या, पारिवारिक समस्या लगायतका मुद्धामामिला,जात्रापर्व मात्र नभएर स्थानीयको सुख दु:खमा संगसंगै रहेर काम गर्दै सवैको आफ्नो बन्दै एक कुशल र प्रष्ट वक्ताका रुपमा आफ्नो लोप्रियता कायम गर्दै आइरहेकी छिन ।

त्यसोत,  दोस्रो संविधान सभाको निर्वाचनमा समेत काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितलाइ निर्वाचित गराउँन अहोरात्र पार्टीको लागि समर्पित रहदै आएकी क्रियाशील नेतृ श्रेष्ठ अन्य आकंक्षी भन्दा अब्वल र लोकप्रिय नेतृको कोटीमा गनिन्छ । यसअर्थमा पनि काँग्रेस शिर्ष नेतृत्वले हाम्रो भन्दा राम्रो र जनतामाझ लोकप्रिय व्यक्तित्व छनौट गर्नु पर्ने काँग्रेसजनको मात्र नभइ आम स्थानीय जनसेवामा निरन्तर खटिरहने श्रेष्ठको उम्मेदवारी सिफारिसलाइ विजयी उम्मेदवारको प्रारुपमा रुपान्तरण गर्न स्थानीय काँग्रेसका नेता तथा कार्यकर्ता र स्थानीय जनता समेत मैदानमा ओर्लिसकेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30