बिहिबार, चैत्र १५, २०८०

छठ पर्वले  राष्ट्रिय समृद्धि र एकताको लागि सबैमा प्रेरणा देओस्: प्रम  देउवा   

काठमाडौ कार्तिक  ९ , प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त  गर्दै  आज  जारी गर्नु भएको    शुभकामना सन्देशमा    छठ प्रेम, स्नेह र समाजिक सद्भाव बोकेको  छठ पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै  सन्देशमा  प्रम देउवाले छठ पर्वले नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबूत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पु-याउने कार्य गर्न सबैलाई प्रेरणा देओस् भन्ने कामना गर्दै  लोकतन्त्रको जगलाई दरिलो बनाउँन   राजनीतिक स्थायित्व आर्थिक समृद्धि हासिल गर्नका  लागि    आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल बनाउन आह्वान  गर्नु भएको  छ ।

  त्यस्तै  नेकपा एमालेका अध्यक्ष केपी  ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गर्दै   नेपालीको समृद्धिको चाहना पूरा गर्न देशको राजनीति स्थिर हुनुपर्ने बताउँदै नेपालीको यही चाहनालाई आत्मसात गर्दै हामीले बाम गठन्धनको अभियान शुरु गरेको उल्लेख गर्नुभएको छ ।

यसैवीच   नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विविध जाति, भाषा, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा यस प्रकारका पर्वले आपसी प्रेम, सद्भाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउनसमेत प्रेरणा दिने बताउनुभएको छ ।