शुक्रबार, चैत्र १६, २०८०

चुनावी सहकार्यको सर्त सहित राजपा अध्यक्ष मण्डलका नेता त्रिपाठी सहितका समूह एमालेमा

काठमाडौं असोज १६ , राष्टिय जनता पार्टी आवद्ध अध्यक्ष मण्डलका अध्यक्ष हृदयेश त्रिपाठी र महासचिव बृजेशकुमार गुप्तासहितको समुह एमालेमा प्रवेश गर्ने भएको छ । तर एमालेभित्र त्रिपाठीलाइ कुन स्थान दिने भन्ने सवालमा नितिगत निर्णय भइनसकेका कारण् तत्काललाइ पार्टी प्रवेसको घोषण भने गरिएको छैन । आज एमाले महासचिव ईश्वर पोख्रेल र त्रिपाठी समूहवीच भएको वार्तामा यस्तो सहमति भएको हो ।  तर यो सहमति संगै नेता त्रिपाठी नवलपरासीबाट , बीके गुप्ता र ईश्वरदयाल मिक्ष कपिलवस्तुबाट , पशुपतिदयाल मिक्ष र जगदीश शुक्ला बाँकेबाट चुनाव लड्ने निश्चित भएको छ ।

वार्तापछि जारी २ बुँदे सहमति सहितको प्रेस विज्ञप्त्मिा उल्लेखभएअनुसार त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनितिक समुहले प्रदेश र केन्द्रीय संघको चुनावमा एमालेको सुर्य चिन्न लिएर चुनावमा जाने त्यस्तै एमाले प्रवेश गर्ने नेताहरुको लिष्ट तयार गर्ने, दुवै पक्षको कार्यदलबाट पार्टी भित्रको पोजीशन र टिकट बितरणमा सहमति गर्ने सहमति भएको उल्लेख गरिएको छ ।

आज जारी विज्ञप्तिमा तराइ मधेसका जनतालाइ शोषण उत्पिडन विभेड र असमानताबाट मुक्त गराउँदै न्याय समानता समृद्धिको सुनिश्चिताका लागि भन्दै एमालेको तर्फबाट महासचिव इश्वर पोखरेल र त्रिपाठी नेतृत्वबाट स्वयम नेता त्रिपाठी र गुप्ताका अलावा पुर्व सांसद ईश्वरदयाल मिश्र, पशुपति दयाल मिश्र ,जगदिश शुक्लले हस्ताक्षर गर्नु भएको छ ।