शनिबार, बैशाख ८, २०८१

चालक र सहचालकलाइ पोशाक अनिवार्य

काठमाडौ कार्तिक ९,  बुधवार बसेको महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा स्कूलको सवारी चलाउने सवारी चालक र सहचालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने नितिगत निर्णय गरेको छ ।

 राजधानी लगायत उपत्यकामा बढ्दो सवारी आवागमनको चाप लगायतका अनेकन विकृतिको सम्बोधनार्थ एवम् विद्यालयको गाडी पहिचानको लागि यस्तो निर्णय गरिएको सम्वद्ध पक्षले जनाएको छ । यसअघि पनि विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णय भएको भएपनि प्रस्तुत निर्णय कार्यान्वयनमा आइनसेको बताउँदै अव उपरान्त निर्णय कार्यान्वयन नगर्ने विधालयलाइ कारवाहीको दायरामा ल्याइने नितीगत निर्णय सहित उपत्यकाभित्रका सबै स्कूलमा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गन े निर्णयसमेत गरेको छ ।