बिहिबार, बैशाख १३, २०८१

काठमाडौं ८ बाट प्रदेश सदस्यमा श्रेष्ठ सिफारिस

 काठमाडौ असोज १९,    आगामी मसिर १० र २१ गते हुने दुई चरणमा हुने निर्वाचनको लागि राजनितिक दल्हरुले आ-आफ्नो उम्मेदवारी घोषणा गर्ने थालिसकेका छन् ।  यसैक्रममा काठमाडौं क्षेत्र न. ८ बाट कांग्रेसका युवा नेता राजेश श्रेष्ठ प्रदेश उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय सचिव समेत रहेका श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र न. ८ को `क´ समूहबाट प्रत्यक्षतर्फ सिफारिस भएका हुन् ।

जनतामाझ लोकप्रिय रहेका काँग्रेसका युवा नेता श्रेष्ठको उम्मेदवारीलाई सबैले चासोका साथ हेरेका छन् । स्थानीय कांग्रेसका नेता कार्यकर्ता श्रेष्ठको उम्मेदवारीलाई विजयमा रुपान्तरण गर्न चुनावी मैदानमा ओर्लिसकेका छन् ।