शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं काँग्रेस क्षेत्र न. ८ बाट जोशी सिफारिस

  काठमाडौं असोज १६ , काठमाडौं काँग्रेस क्षेत्र न ८कार्य समितिको  आज बसेको बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको सिफारिस गरेको छ ।  समितिका उपभासभापति बद्री नेपालको अध्यक्षतामा आज बसेको बैठकले  प्रतिनिधी सभा निर्वाचनको प्रत्यक्ष तर्फ काँग्रेस केन्द्रीय सदस्य एवम् व्यवस्थापिका संसद सदस्य समेत रहेका नविन्द्रराज जोशीको एकल नाम सिफारिस गरेको छ  । केन्द्रीय सदस्य जोशी यसैक्षेत्रबाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा अत्याधिक बहुमतले निर्वाचित हुनुभएको थियो ।  त्यस्तै तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा जोशीले उद्योगममन्त्रीको सफल कार्यकाल निर्वाह गर्नु भएको थियो । त्यस्तैगरी  प्रतिनिधिसभासमाको  समानुपातिक तर्फ क्रमस राजुराज जोशी, रविन्द्रलाल श्रेष्ठ, कृष्णा अमात्य (महिला कोटा) ,बद्री नेपाल र प्रचण्डदेव माननन्धरको नाम  सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेशसभा निर्वाचनको प्रत्यक्ष (क) समूह (कामपा वडा .न. १३,१९,२०,२३ र २४)  अन्र्तगत राजेश श्रेष्ठ राज्यलक्ष्मी श्रेष्ठ र विजयगोपाल श्रेष्ठ जुद्धरत्न बज्राचार्य , राजेन्द्रराम श्रेष्ठको नाम सिफारिस गरेको छ ।   त्यस्तै गरि समानुपातिक तर्फ महेश नेपाली, किरणकृष्ण जोशी, रमेश प्रसाद गौतम, धर्म पाछै, गम्भिरमान महर्जन, रिता महर्जन र विष्णुलाल श्रेष्ठको नाम सिफारिस गरेको क्षेत्रीय सदस्य पुष्करराज पाण्डेले जानकारी दिनु भएको छ ।

  त्यस्तैगरि प्रदेशसभा निर्वाचनको प्रत्यक्ष (ख )समूहबाट   (कामपा वडा न १५ र जार्गाजुन नगरपालिकाको वडा .न .४ र ५ ) देवरत्न डंगोल, अमिन पाण्डे र केदार मानन्धरको नाम सिफारिस गरेका छ भने समानुपातिक तर्फ अरुण मानव, विमला कपाली, विमला छतुङगेल , पन्नाकाजी महर्जन र सुर्दशन मानसिंको नाम सिफारिस गरेको क्षेत्रीय सदस्य जनक कपालीले जानकारी दिनु भएको छ ।