शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसले आसन्न निर्वाचनमा पुनः उम्मेदवार नबनाउँनेमा को को ?

काठमाडौं असोज २०,  नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले आसन निर्वाचनमा उम्मेदवार बन्न मापडण्ड तोकेको छ । उम्मेदवारको हकमा तोकिएको मापडण्ड अनुसार काँग्रेसले यसअघि साविक संविधान सभा हाल व्यवस्थापिका संसदको समानुपातिक निर्वाचन प्रणालीबाट सभाषद्/ सांसद वनेका व्यक्तिलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमाअपबाद वाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नवनाउने निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा महानगर/उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार वनेका व्यक्तिलाई प्रदेश सभा तथा प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने निर्णय गरेको छ ।

त्यसैगरी २०७० को आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुलाई प्रदेश सभा र प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवार नवनाउने निर्णय सहित समयावधि कम भएका कारण आश्विन २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाई सक्ने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30