शुक्रबार, चैत्र १६, २०८०

कर्मचारी समायोजन, अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक बहुमतले पारित

काठमाडौ असोज २०,  व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले प्रस्तुत गर्नु भएको कर्मचारी समायोजन विधेयक, २०७४’ बहुमतले पारित गरेको छ ।  त्यस्तै बैठकले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नु भएको अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक’ र ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक’ पनि पारित गरेको छ ।

त्यस्तै गरि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललेप्रस्तुत गर्नु भएको ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४’ माथि छलफल गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरे लगत्तै आवश्यक गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगन भएको छ ।

बैठकमा ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ पारित गर्न छलफल चलिरहेको अवस्थामा नेमकिपाका सासंद सांसद प्रेम सुवालले गणपूरक संख्याका बारेमा प्रश्न उठाउदै प्रस्तुत विद्येयक पारित गर्न बैठकमा गणपूरक संख्या नभएको जिकिर गरेपछि सभामुख ओनसरी घर्तीले तत्काल बैठकको गणपूरक संख्या यकिन गर्न संसद् सचिवालयलाई निर्देशन दिदा बैठकमा संसद सदस्यको संख्या ११० मात्र भएका कारण संसद्को अर्को बैठक २२ गते अपराह्न १ बजे बस्ने गरि स्थगन गरिएको थियो ।

स्मरण रहोस संविधानको धारा ९४ अनुसार बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा कूल सदस्यसंख्याको एक चौथाइ सदस्यको उपस्थिती अनियार्व अनुपर्नेमा सोसख्या अपुग भएपछि बैठकमा प्रस्तुत प्रस्तावले मुर्तता प्राप्त गर्न नसक्ने प्रावधान रहेको छ ।