मङ्लबार, चैत्र ६, २०८०

एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक

नेपाललाई समुन्नत राष्ट्रको सूचीमा उभ्याउने लक्ष्य निर्धारण सहित विगत २५ वर्षमा नेपाली कांग्रेसले के–के विकास गर्‍यो भन्ने फेहरिस्त घोषणापत्रमा प्रस्तुत

 घोषणापत्र  वाम गठबन्धनप्रति आक्रमक देखिएको छ भने राप्रपा र मधेसकेन्द्रित दलहरुप्रति नम्रभावमा प्रस्तुत  

 काठमाडौं कार्तिक १४, नेपाली काँग्रेसले कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मुल नारा सहित

 

 

 

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र आज सार्वजनिक गरेको छ ।  पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला एवं नेपाली काँग्रेस, घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले आज संयुक्तरुपमा आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको ८४ पृष्ठे घोषणापत्रमा कांग्रेसले नेकपा एमालेलाई अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको र राष्ट्रिय एकता तथा समृद्धिको बाधककारुपमा र माओवादी केन्द्रलाई अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्तिकोरुपमा चित्रण गरिएको छ ।    वाम गठबन्धनप्रति आक्रमक देखिएको छ भने राप्रपा र मधेसकेन्द्रित दलहरुप्रति नम्रभावमा प्रस्तुत काँग्रेसको घोषणापत्रमा वाम गठबन्धनले ‘राजनीतिक स्थिरता र आर्थिक विकासका लागि वाम एकता’ भनेपनि नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा वाम गठबन्धन सत्तास्वार्थका लागि भएको र यसले राजनीतिक स्थिरता नदिने दाबी गरेको छ ।

 साथै  घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि र लक्ष्यः अबको १० वर्षमा नेपाल’ शीर्षकमा प्रस्तुत २० ओटा बुँदे अवधारणामा  जलस्रोत, पर्यटन, कृषि र पूर्वाधारको विकास गरी देशबाट गरिबीको अन्त गर्ने त्यस्तै मुलुकको अर्थतन्त्रको आकारलाई आगामी १० वर्षमा रु १०० खर्बको हाराहारीमा पु¥याउने , वार्षिक रु एक खर्बदेखि रु पाँच खर्बसम्म विदेशी लगानी भित्र्याउने तथा उत्पादनमूलक उद्योगको अंश पाँच प्रतिशतबाट १५ प्रतिशतमा पु¥याई राष्ट्रिय उत्पादनलाई अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध गर्ने र गरिबीलाई निवृत्तीभरणको व्यवस्था गरी तीनदेखि पाँच लाख युवालाई रोजगारी उपलब्ध गराउँने उल्लेख गरिएको छ ।  त्यस्तै आगामी १० वर्षमा नेपाललाई समुन्नत राष्ट्रको सूचीमा उभ्याउने लक्ष्य निर्धारण सहित विगत २५ वर्षमा नेपाली कांग्रेसले के–के विकास गर्‍यो भन्ने फेहरिस्त घोषणापत्रमा प्रस्तुत गरिएको छ । साथै मधेश एक्सप्रेस रेल्वेलगायत चारदेखि ६ लेनका एक हजार किमीभन्दा बढी द्रुतमार्ग ५०० किमीभन्दा बढी रेल्वे लाइन ५० हजारभन्दा बढी किमी कालोपत्रे सडक  अन्तर्राष्ट्रिय विमानस्थल सहितको व्यवस्थित, सुविधा सम्पन्न, आधुनिक शहरको परिकल्पना समेत गरिएको छ ।

घोषणापत्रको पूर्णपाठको लागि यहाँ क्लिक गर्नुहोला

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30