शुक्रबार, चैत्र १६, २०८०

एनआरएनएको अध्यक्षमा भट्ट निर्वाचित

काठमाडौ असोज ३१, गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । संघको सोमबार राजधानीमा  भएको आठौं विश्व सम्मेलन तथा अधिवेशनबाट वर्तमान उपाध्यक्ष समेत रहेका भट्ट अत्याधिक मतले अध्यक्षमा निर्वाचित भएको हो । अध्यक्ष भट्टले खसेको १७८८ मत मध्ये ११ सय ९७ मत प्राप्त गरेका थिए भने  अर्का अध्यक्षका प्रत्यासी जमुना गुरुङले ५ सय ८४ मत प्राप्त गरिन ।

 अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताए । दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष सपिला राजभण्डारी विजयी भएकी छन् । सन् २००३ मा स्थापना भएको एनआरएनको २१ सदस्यीय कार्यसमिति रहेको छ ।