मङ्लबार, बैशाख ११, २०८१

आसन्न निर्वाचनको  लागि मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्त

काठमाडौ असोज  १९,   आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि  आयोगले   १६५ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।    आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै  न्याय सेवा आयोगको सिफारिसमा आजबाटै लागु हुने गरि  न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतलाई  निर्वाचन अधिकृत   नियुक्त गरिएको आयोगले जनाएको  छ ।  साथै  आयोगले  मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत   असोज २४ र २५ गते काभ्रेको धुलिखेलमा तालीम प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ ।