शुक्रबार, चैत्र १६, २०८०

आयोगले भन्यो -असोज २९ भित्र दुवै तहको समानुपातिक बन्द सूची पेश गर्नु

  • कार्तिक ४ गते व्यवस्थापिका संसदको म्याद समाप्त हुने

  • कार्तिक ५ गते ३२ जिल्लामा उम्मेदवारको मनोनयन

  • कात्तिक १६  गते ४५ जिल्लामा उम्मेदवारको मनोनयन

काठमाडौं असोज २२,  निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बन्द सूची असोज २९ गतेसम्ममा पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।  आयोगले आगामी कार्तिक ४ गते व्यवस्थापिका संसदको म्याद समाप्त हुने भएको छ ।   अवको दुइ हप्ता मात्र वर्तमान संसदको आयु रहनेछ त्यस उपरान्त अर्थात कात्तिक ५ बाट हालको संसदले कुनै पनि काम गर्न पाउने छैनन ।

यसैवीच  आयोगले  संसदको म्याद समाप्त भएको भोलीपल्ट   कार्तिक ५ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको पहिलो चरण अन्र्तगत ३२ जिल्ला अन्र्तगत   प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ छन् भने प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप त्यस्तैगरि प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा र प्रदेश नंम्बर ५ का रूकुम पूर्वी र रोल्पा तथा प्रदेश नंम्बर ६ का रूकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा त्यस्तैगरि दिन चुनाव प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडीमा अर्थात मंसिर १० गते हुने निर्वाचनको लागि  उम्मेदवारको मनोनयन, ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने  र     मंसिर १० गते बिहान ७ देखि बेलुका ५ बजे सम्म मतदानको कार्यक्रम यसअघिनै सार्वजनिक गरिसकेको  छ ।

त्यस्तै गरी  आयोगले मंसिर २१ मा हुने दोस्रो चरणको निर्वाचन अन्र्तगत   प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट र प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर त्यस्तैगरि प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) , पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके , बर्दिया र प्रदेश नंम्बर ६ का सल्यान, सुर्खेत र दैलेखसहित ७ नम्बर प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी सहित  ४५ जिल्लामा  हुने  निर्वाचनको लागि कात्तिक १६ मा मनोनयन दर्ता गरेर कात्तिक १९ मा अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ भने मंसिर २१ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदानको कार्यक्रम सार्वजनिक गरेको छ ।