बिहिबार, चैत्र १५, २०८०

आनन्द भुवन विहारमा चीवर दान महोत्सव

 काठमाडौं कार्तिक ११,   भिक्षु समित, भिक्षु शान्त शोभन र भिक्षु शान्त सिद्धाथले ३ महिने वर्षावास पूरा गर्नुभएको अवसरमा आज महान कथिन गरिएको छ ।   झ्वाःबहालका चन्द्र हिरा श्रेष्ठाचार्य र वहाँको परिवारको तर्फबाट आज आनन्द भुवन विहार, भुइखेलमा आयोजित एक कार्यक्रमकावीच तीन महिने वर्षावासको अवसरमा बुद्धको उपदेशानुसार उपसम्पदा भएका भिक्षुले अनिवार्य रुपमा सुलभ स्थानमा तीन महिने वर्षावासको अवसरमा दानी दाताहरुको निमन्त्रणामा कथिन चीवरदान गर्ने परम्परा अनुरुप चीवरदान कार्यक्रमको आयोजना गरिएको हो ।

कथिन चीवर दान बुद्ध धर्ममा अष्टमहा दान मध्य पहिलो कुसल कार्य हो कथिन महत्वपूर्ण दान भएको र कथिन चीवर दान नेपालमा मात्र नभइ हरेक बौद्धमार्गी मुलुकमा श्रद्धापूर्वक मनाइन्छ ।

कार्यक्रममा ज्ञानमाला भजन, शील प्रार्थना, धर्मदेशना तथा अष्टपरिष्कार दान र भन्ते र गुरुमाहरुलाई समेत दान दिइएको थियो ।