शुक्रबार, चैत्र १६, २०८०

आज यमपञ्चकको पहिलो दिन काग तिहार मनाइदै

काठमाडौं असोज ३१,  आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको पहिलो दिन कागको पूजाआजा गरी मीठो मीठो खान दिएर काग तिहार पर्व मनाइँदैछ ।

तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

आज देखि पाँच दिनसम्म अर्थात कात्तिक शुक्ल द्वितीयासम्म् यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।