शनिबार, बैशाख ८, २०८१

आज कहिँ नभएको जात्रा हाँडी गाउँमा मनाइयो 

  काठमाडौं असोज २०,  काठमाडौंको हाँडी गाउँमा मनाइने कहिँ नभएको जात्रा आज सम्पन्न भएको छ । यो जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने गरिन्छ ।देवताको खटलाई डोरीले घुमाएर जात्रा गर्छन् ।यस्तो प्रचलन कुनै पनि जात्रामा नहुने भएकाले यो जात्रालाई कहिँ नभएको जात्रा भनिएको हो ।

९ महिनामा सुत्केरी हुनु पर्नेमा सत्य युगमा एक महिलाको गर्भ १२ वर्षसम्म रहेपछि  भगवान नारायणलाई खुसी पार्न कहीँ नभएको जात्रा चलाउँने वचन वद्धता पछि वाचा गरी सुत्केरी गराइएको र त्यसपछि जात्रा सुरु भएको किंवदन्ती रहेको स्थानीयले बताए ।