बुधबार, बैशाख १२, २०८१

आइडिया फर नेपालको मौलिकतामा आधारित बृहत परियोजना सार्वजनिक

काठमाडौं  असोज २४ ,  नेपाली मौलिकतामा आधारित कृषि प्रणाली र उद्यमशीलताको विकास गर्ने उद्देश्यले ‘आइडिया फर नेपाल’ले बृहत परियोजना सार्वजनिक गरेको छ । नेपालमै सम्भावना खोज्ने र लाखौंलाई बृहत्तर रोजगारी दिने उद्देश्यले नै ‘आइडिया फर नेपाल’ले लगानी, विकास र उद्यमशीलताको अवधारणा ल्याएको हो ।

काठमाडौंको होटल -याडिसनमा आयोजित विशेष समारोहका बीच ‘आइडिया फर नेपाल’ले दुई दशकसम्मको योजना सार्वजनिक गरेको हो । ‘आइडिया फर नेपाल’का अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठले संस्थाका कार्यक्रम सार्वजनिक गर्दै बहुपक्षीय परियोजनाको घोषणा गरेका हुन् । अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेको योजनामा जुम्ला, हुम्ला, मुगु, डोल्पा र मुस्ताङमा पाँच हजार हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्ने कार्यक्रम रहेको छ। ‘बजारको समस्या छैन,’ श्रेष्ठले भने, ‘बंगलादेश निर्यातका लागि हामीले आवश्यक सम्झौता गर्दै छौं ।

 त्यसैगरी, कागती, मेवा र सेतो चन्दन उत्पादन गर्ने योजना पनि श्रेष्ठले सुनाएका छन् । ६५ जिल्लाका ३० लाख नागरिकलाई ४० वटाक��� दरले सेतो चन्दनका बिरुवा वितरण गरिने उनले बताएका छन् ।  त्यसैगरी आइडिया फर नेपाल’की निर्देशक सुगरिका केसीले नेपालको भौगोलिक अवस्थितिका कारण पनि विकासका अनेक आयामलाई पहिचान गर्न आवश्यक रहेको धारणा राख्नु   भएको उक्त कार्यक्रममा आइडिया फर नेपालका निर्देशकत्रय प्रकाश घिमिरे बाबुराम श्रेष्ठ र शिरोमणि दवाडीले आर्थिक समृद्धि र विकासको अवधारणामाथि चर्चा गर्दै नेपाली मौलिकतामा आधारित विकासको नीति अबलम्वन गर्नुपर्ने बताएका थिए ।