शुक्रबार, चैत्र १६, २०८०

अव बेलुनमा बसेर मनोरम अन्नपूर्ण हिमश्रंखला र पोखराको दृश्यावलोकन

काठमाडौं कार्तिक १३ , पर्यटकीय नगरी पोखराको धम्पुसमा निकट भविष्यमै हट एयर बेलुन सञ्चालन गर्ने भएको छ ।  पर्यटन क्षेत्रमा एक छुट्टै प्रकृतिको साहसिक खेलको रुपमा परिचित अर्थात बेलुनमा बसेर मनोरम अन्नपूर्ण हिमश्रंखला एवम् पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गराइने आज आयोजित पत्रकार सम्मेलनमा बेलुन नेपाल प्रा.लिले दिईएको छ ।

 त्यस्तै पत्रकार सम्मेलनमा दिईएको  जानकारी अनुसार  पर्यटकीय नगरी रमणीय पोखराको धम्पूसबाट उडान गरी मार्दि खोलाको तीरमा अवतरण गराइने   विज्ञप्तिमा  उल्लेख गरिएको  छ  ।  त्यस्तै  हट एयर बेलुन सञ्चालनको लागि एक वर्षको लागि रेड बुल सँग समेत सहकार्यको सम्झौता समेत गरिएको थियो । सम्झौता मुताविक बेलुनमा रेड बुलको लोगो अंकित गरिने भएको छ ।

प्रतिव्यक्ति ८हजार ,५सय रुपैया शुल्क लिई एकपटकमा ६ जनासम्म पर्यटकलाई आधाघण्टा उडान गराउने व्यवस्था मिलाइएको र यसको सम्पूर्ण सुरक्षा व्यवस्थाको लागि पूर्ण सुरक्षा सहित   तत्काललाइ करिव एक करोड रुपैयाँको लगानीमा अमेरिकाको एडम्स बेलुन कम्पनीसँग खरिद गरिएको बेलुन खरिद गरी चीनबाट तालिमप्राप्त दक्ष पाइलटको व्यवस्था मिलाएको  जानकारी दिईइएको  छ ।

त्यस्तै ग्राउण्ड ह्याण्डलिङको लागि भारतबाट ग्राउण्ड ह्याण्डलिङ टेक्निसियनको पनि व्यवस्था मिलाइएको जानकारी दिदै स्थानीय व्यक्तिहरुलाई तालिम दिई दक्ष बनाई नेपालमै हट एयर बलुनको व्यावसायिक उडानका लागि जनशक्ति तयार गर्ने लक्ष्य प्रालिद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।