बिहिबार, बैशाख १३, २०८१

अवको प्रहरी प्रमुख खरेल कि खनाल ?

काठमाडौं कार्तिक ७, कानुन फेरिएन भने आगमी चैतको अन्तिम हप्ता आइजीपी प्रकाश अर्यालले अवकाश पाउनेछन् । त्यो अवस्थामा सबै एआइजीहरु पनि अवकाशमा जाने निश्चित छ । अनि के हुन्छ रु यस्तो चर्चाका वीच अवको आइजीपीमा रमेश खरेल, सर्वेन्द्र खनाल कि पुष्कर कार्की रु को पालो आउनेछ र यही कारण नेपाली प्रहरीभित्र यी तीनको दिनदिनै चर्चा बढ्दै गएको छ । पुष्कर कार्कीलाइ अनेक कारण जुनियर सम्झिनेहरुले वास्तविक प्रतिस्पर्धा रमेश खरेलर सर्वेन्द्र खनालवीच रहेको तर्क गरिरहेका छन् । शायद आइजीपीको पूर्व तैयारीका लागि रमेश खरेल सुडान मिसनबाट फर्किएका हुनसक्छन् । सर्वेन्द्र खनाल भने राजधानीमा आफ्नो काविलियत देखाउन व्यस्त देखिन्छन् ।

खरेल कि खनाल रु यसबारेमा नेपाल प्रहरीमा भन्दा पनि राजनीतिक वृतमा त्तमा चासो बढी देखिन्छ । ठेकेदार कमिशन एजेनट तस्कर माफियाहरुसमेत कसलाई बनाउँदा आफ्ना बन्दब्यापार राम्रोसंग फस्टाउला भनेर हिसावकितावमा जुटेका छन् । यद्यपि यी दुबै व्यक्तिसंग कालाधन्दावालाहरु सबै हच्किन्छन् र पछाडि नै बस्न रुचाउ“छन् । नेतृत्व जतिसुकै दह्रो भए पनि उनी मातहतका सकल दजाको कतै नकतै नाइटो जोडिएकै हुन्छ र तिनले चिम्लिदिदा अशान्ति र कालाधन्दा फस्टाउने हुन् ।

यतिसम्म कि ८८ किलो सुन प्रकरण होस् कि एयरपोर्टबाट पाइलटले गर्ने डलर तस्करी होस् , सबैमा सुरक्षाकर्मीकै मिलोमतो देखिन्छ  तथापि मूल शुद्ध भयो भने बहाव शुद्ध हुन्छ, आइजीपी स्वच्छ भइदियो भने त्यसको प्रभावले सकल दर्जाले सत्य सेवा सुरक्षालाइ अहिलेजस्तो कालो पोत्नबाट जोगाउँन सकिन्छ ।  नेपाल प्रहरीको आइजीपी नियुक्ती गर्दा जहिले पनि राजनीतिकरण भइरहेको छ । अहिले र यस अघिका अर्याल बन्धुहरु पनि राजनीतिक आर्शीैवादले आइजीपी बनेका हुन । रात रहेर अग्राख पलायन भने यी दुईमध्ये जो आइजीपी बने पनि नपालप्रहरीका इज्जतमा लागेको दाग धेरै हदसम्म सफाइ हुनसक्छ । यी दुवै व्यक्ति पैसालाइ होइन प्रोफेशनललाइ महत्व दिने व्यक्तित्व हुन ।