बुधबार, बैशाख १२, २०८१

अर्धनारेश्वरको मेला

काठमाडौ असोज १९ , काठमाडौँको चोभार स्थित आदिनाथ मन्दिरमा प्रत्येक वर्ष आश्वि�� शुक्ल पूर्णिमादेखि एक महिनासम्म लाग्न मेला आजबाट सुरु भएको छ । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रुपमा पुजिने आदिनाथको आश्विन शुक्लपूर्णिमा र चैतेदसैँमा गरी दुईपटक मन्दिरमा मेला लाग्ने र आदिनाथको दर्शन गरेमा रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको स्थानीयले जानकारी दिएका छन ।