शुक्रबार, चैत्र १६, २०८०

भट्टराई नेतृत्वको नयाँ शक्तिका आगिंक संगठन माओवादी केन्द्रमा विलय

पौडेलले भने , यो अभियानमा ढिलो या चाडो डा. बावुराम भट्टराई पनि आउनु हुन्छ, म विश्वस्त छु 

काठमाडौं भाद्र ३१ , पूर्व प्रम बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका आगिंक संगठनहरु माओवादी केन्द्रसंग धुर्विकरण भएका छन् । आज राजधानीमा आयोजित वृहत धुर्विकरण कार्यक्रममा नयां शक्ति पार्टीका सवै आगिंक संगठन र काठमाडौ जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा समाहित भएको धुर्विकरण 21586386_1955565824725341_983534232_nअभियानका नेता कुमार पौडेलले जानकारी दिनु भएको छ ।

दलित शक्ति नेपालका संयोजक शुशिला श्रीेर्पाइली महिला शक्ति नेपालका लङ्जम शेर्पा, समाजवादी ट्रेड युनियनका जोकमान लामा, युवा संगठनका राजु लामा, नेपाल प्रेस सोसाईटिका योगेन्द्र प्रताप शाही, नयां शक्ति विद्यार्थी युनियनका लक्ष्मी प्रसाद जोशी, शिक्षक संगठनका दलवहादुर वि.सी, प्रध्यापक मञ्च नेपालका सुर्यवहादुर थापा, स्वास्थय कुर्मी समाजका लिला प्रसाद भण्डारी, नेपाल प्रगतिशिल कानुन व्यवसायि एशोशियसनका विश्व प्रकाश भण्डारी, सुकुम्वासी व्यवस्थापन संघका लिलावहादुर मोक्तान, ईन्जिनियरीङ समाजका प्रकाश अधिकार, नयां शक्ति समाजवादी खेलकुद महासंघका राकेश कुमार लामा, राष्ट्रिय उद्योग वाणिज्यका बावुराम पोख्रेल, समाजवादी किसान महासंघका वाशु उपाध्याय, समृद्धि सांस्कृृतिक संघका गोपाल ढुङगेल र काठमाडौ जिल्ला कमिटिको, विदुर खड्का सहित आ–आफ्नो संगठनको संयोजन गर्दै सयौं जना माओवादी केन्द्रमा धुर्विकरण भएको पौडेलले जानकारी दिए ।

धुर्विकरण कार्यक्रममा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामवहादुर थापा वादलले देशमा अझै निर्णायक क्रान्ति हुन बाँकि रहेको हुँदा धुर्विकरण आवश्यक भएको र यो अभियानमा लागेको वताए । केहि उपलव्धि भैसकेका छन्, तिनलाई व्यवस्थित गर्नु र बाँकी उपलव्धि हासिंल गरी सर्वहारा एवं श्रमजिवी वर्गहरुको उथ्थाका र पहिचानहरुको व्यवस्थापनको लागि क्रान्ति गर्न बाँकी भएको वताए । त्यस्तै उहाँले विगतका धुर्विकरणले देशमा धेरै परिवर्तन सम्भव भएको बताउँदै परिवर्तनको उपलव्धिको लागि फेरी धुर्विकरण अभियान थालिएको र यो अभियानले अव निर्णायक क्रान्ति गर्ने ठोकुवा गर्दै धुर्विकरणमा समाहित भएका सवै संगठनहरुलाई कार्यदलले उच्च सम्मानका साथ जिम्मेवारी दिएर अघि वढ्ने पार्टीको निति छ अव ढुक्क भएर केन्द्र र प्रदेशको निर्वाचनमा खटिनुस नेता वादलले भने ।

त्यसैगरी धुर्विकरण अभियानका संयोजक तथा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले अझै छरिएर रहेका कतिपय शक्ति केन्द्रलाई एकै ठाउँमा ल्याएर यहि पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गरी देशलाई समृद्धि तर्फ अघि वढाउने वताउँदै नेता पौडेलले भने, यो अभियानमा खासगरी यथास्थितिवादी र प्रतिगामि शक्ति हावी नहुन भन्नको निम्ति पनि आधारभुत रुपमा एजेण्डा मिल्नेका विच धुर्विकृत हुदै जानु अहिले सान्र्दभिक छ र अझ तिव्र पारीन्छ । उनले भने , यो अभियानमा ढिलो या चाडो डा. बावुराम भट्टराई पनि आउनु हुन्छ, म विश्वस्त छु ।