बिहिबार, चैत्र १५, २०८०

हिन्दु धर्मको संरक्षण आवश्यक : नेता कँडेल

नवलपरासी आसोज १०,   नेपाली कांग्रेसका नेता एवंम् पूर्वगृह राज्य मन्त्री देवेन्द्रराज कँडेलले धार्मिक संहिष्णुता नेपालीको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नवलपरासीको पाल्ही नन्दन गाउंपालिकामा निर्मित दशै मुर्तिको एक समारोह बिच अनावरण गर्दै नेता कण्डेलले यस्तो 21768099_275822656255159_1713462861809536477_nबिचार ब्यक्त गर्नुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका कँडेललेले सो अवसरमा बिश्वमा एक मात्र हिन्दु राष्ट्र नेपालको धार्मिक संहिष्णुताको जगेर्ना गर्नु आजको आवश्यका रहेको जिकिर गर्नुभयो । हरेक जाती र वर्ण को बसोबास रहेको नेपालमा आम नेपालीको भावना अनुरुप हिन्दु धर्मको संरक्षण र प्रबद्र्धनमा हामी सबै लाग्नुपर्ने आवश्यक रहेको कँडेलले बताउनुभयो ।