शुक्रबार, चैत्र १६, २०८०

सन्तनेता भट्टराईका नाममा आमसञ्चार प्रतिष्ठान स्थापना गर्ने : मन्त्री बस्नेत

काठमाडौ भाद्र २६,  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले १४ बुँदे ज्ञापनपत्र बुझ्दै सन्तनेता कृष्णप्रसाद भट्टराईका नाममा आमसञ्चार राष्ट्रिय प्रशिक्षण Anup_20170801_252प्रतिष्ठान स्थापना गर्न लागिएको जनाउँ दिदै पत्रकारितामा योगदान भएका अन्य नेताका नाममा अन्य प्रदेशमा पनि प्रतिष्ठान खोल्न सकिने बताउँनु भएको छ ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत नेतृत्वको प्रतिनीधीमण्डलले आमसञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान गर्न र कुनै राजनीतिक व्यक्तिको नाम जोडेर विवादित नबनाउन आग्रह गर्दै आज मन्त्री बस्नेतलाइ आज विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक विज्ञापन लागू गर्न, क्लिन फिड(विज्ञापनरहित समाचार) नीति रोक्ने निर्णय फिर्ता, अनलाइन सञ्चारमाध्यम निर्देशिका खारेजी, बैंकमार्फत श्रमजीवी पत्रकारको पारिश्रमिक भुक्तानी लगायतका १४ बुँदे ज्ञापनपत्र बुझाएको हो