बिहिबार, बैशाख १३, २०८१

संविधान दिवस: भारत, चीन र अमेरिकाबाट शुभकामना अभिव्यक्त

काठमाडौ असोज ३,  संविधान दिवसका अवसरमा छिमेकी मुलुक भारत, चीन र अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले समेत शुभकामना सन्देश मार्फत नेपालको संविधान दिवसका अवसरमा सबै अमेरिकी नागरिकका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ । भारतका राष्ट्रपति श्रीरामनाथ कोविन्द र Captureप्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै संविधान कार्यान्वयनको शुभकामना दिएका छन् ।

त्यसैगरी चीनका राष्ट्रपति सि जीन पिङ र प्रधानमन्त्री लि छख्याङले संविधान दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश पठाई यस अवसरमा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउन मद्दत पुगोस् भनी कामना गरेका छन्

त्यस्तै गरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै असोज ३ गतेको यो दिन तपाईँको देशका लागि एक महान् दिन भएको बताउँदै संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन् भनिएको छ । त्यस्तै सन्देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा बधाइ ज्ञापन गर्दै शान्ति र समृद्धिको दिशामा नेपालको जारी प्रगतिमा सहयोगको प्रतिवद्धता अभिव्यक्त गर्नु भएको छ ।