बिहिबार, बैशाख ६, २०८१

रोयल इभेन्टमा दशैं फेशन नाइट २०१७ हुने

काठमाडौ भाद्र २७,  रशलाईट मिडिया प्रा.लिको आयोजनामा नेपालीहरुको महान पर्व दशंैको अवसरमा ‘दशैं फेशन नाइट २०१७’ हुने भएको छ । चर्चित मोडल तथा गायिका रमिता भण्डारीको कोरियोग्राफीमा हुने फेशन नाइटमा २२ जना मोडलहरु ¥याम्पमा प्रस्तुत हुने छन् । राजधानीको तिनकुनेमा रहेको रोयल इभेन्टमा Fashion[1]हुने उक्त शोमा नेपालका चर्चित कलाकारको समेत प्रस्तुति रहने इभेन्ट म्यानेजर सनिल महर्जनले जानकारी दिए ।

डिनाज कलेक्सन, जोजोलप्पा कलेक्सनको डिजाइनको ड्रेसमा मोडलहरु -याम्पमा प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ । फेशन सम्बन्धी कार्यक्रम गर्ने रशलाईट मिडियाले एउटै स्टेजमा चर्चित मोडलहरुलाई प्रस्तुत गर्न लागेको छ । असोज ७ गते शनिबार बेलुका ५ बजेबाट सुरु हुने उक्त नाइटमा नेपालका लोकप्रिय चर्चित ब्राण्डहरुको सहयोग रहेको छ ।