बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री देउवाद्दारा शरद ऋतुको महान् चाड बडा दशैँको शुभकामना अभिव्यक्त

 स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो : अध्यक्ष ओली

काठमाडौ असोज १४,  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान् चाड बडा दशैं –२०७४ का अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।     प्रधानमन्त्री देउवाले आज दिनुभएको शुभकामना सन्देशमा जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुङ्गिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै उल्लासमय शरद ऋतुको महान् चाड बडा दशैँको शुभकामना दिनुभएको छ ।

यसैवीच नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले वडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताउँदै राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडादशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।