शुक्रबार, बैशाख ७, २०८१

पत्रकार पौडेललाइ धम्की

काठमाडौं भाद्र २६, नेपाल पत्रकार महासंघले समाचार लेखेकै कारण पत्रकार उमेश पौडेललाई ‘ठीक पार्ने’ धम्की दिइएको घट्नाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघका सचिव रामप्रसाद दाहालद्दारा आज जारी विज्ञप्तिमा नयाँ पत्रिका राष्ट्रिय दैनिकका पत्रकार उमेश पौडेललाइ ज्ञानप्रसाद पौडेलले FNJ Press Release Bhadau 26मोबाइल नं. ९८५१०२०५८१ बाट फोन गरी धम्की दिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा पत्रकार पौडेलले २०७४ भाद्र २६ गतेको अंकमा प्रकाशित ‘ग्र्याभिटी करेन्सीका नाममा नेटवर्किङ बिजनेसबाट नयाँ ठगी’ शिर्षकको समाचार लेखेकै भरमा समाचार प्रकाशन भएको विषयमा चित्त नबुझ्ने पक्षले कानुनी बाटोबाट उपचार पाउने हक सुरक्षित हुँदाहुदैको अवस्थामा सोझै पत्रकारलाई ‘ठीक पार्ने’ सम्मको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको नाङगो हस्तक्षेप भएको भन्दै महासंघलाई यस्तो हस्तक्षेप सैह्य नभएको उल्लेख गरिएको छ ।
साथै समाचार लेखेकै आधारमा यसरी धम्की दिने जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन ढिला नगरियोस् र, भविष्यमा समेत यस्ता घट्ना दोहोरिन नदिन सम्बन्धित पक्ष सतर्क रहोस् भनी महासंघले माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031