शुक्रबार, चैत्र १६, २०८०

निर्वाचन अभियानलाई तिब्र पार्ने सचिवालय बैठकको निर्णय

बाढी प्रभावित जिल्लालाई संकटग्रस्त जिल्लाको रुपमा घोषणा गरी राहतको विशेष प्याकेज सञ्चालन गर्न सरकारलाई आव्हान गर्ने

काठमाडौं भाद्र १७,  आसन्न प्रदेश न २ को निर्वाचनलाइ लक्षित गर्दै माओवादी केन्द्रको बीरगञ्जमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले पहिले स्थानीय तह र त्यसपछि प्रदेश र संघको निर्वाचनको अभियानलाई तिब्र पार्ने निर्णय गरेको छ ।  त्यस्तै बैठकले वाढी पहिरोका कारण मधेशका जिल्लाहरुमा निकै ठूलो धनजनको Captureक्षति भएको र जनजीवन कष्टकर बनेको निष्कर्ष सहित  बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्लाको रुपमा घोषणा गरी राहतको विशेष प्याकेज सञ्चालन गर्न सरकारलाई आव्हान गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णयको जानकारी दिन आजै आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष प्रचण्डले मधेशमा माओवादीको पक्षमा निकै ठूलो लहर देखिएको जनाउ दिनु भएको छ । साथै उहाँले यसपटक निर्वाचनमा मुलुककको पछिल्लो घटनाक्रम अनुरुपको स्थितीलाइ विश्लेषण गर्दै मधेशकेन्द्रित दलसंग तालमेल गर्दै अगाडि बढने तयारीमा रहेको जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै पत्रकार सम्मेलनमा केहिसमयअघिमात्र माओवादी केन्द्रमा प्रवेस गर्नु भएको नेताहरु देवेन्द्र पौडेल, रामेश्वर राय यादव, रामचन्द्र झा लगायतले पनि वोल्नु भएको थियो ।