बिहिबार, चैत्र १५, २०८०

नवलपरासीमा प्रहरी र तस्करको मिलोमतोमा व्यापक तस्करी

बुटवल असोज १०,  नवलपरासीमा यतिबेला तस्कारीकालागि मुख्य ट्रान्जीट प्वाईट बनेको छ । एकातर्फ नेपालको राजश्व चुहावट गर्ने अर्को तर्फ प्रहरी र भन्सारका कर्मचारी मोटाउने कार्य बढ्दै गएको छ ।  सोमवार नवलपरासीको महेशपुर हरपुर क्षेत्रमा राजश्व अनुसन्धान पश्चिमान्चल क्षेत्रीय कार्यालय बुटवलको टोलीले यस क्षेत्रमा ठुलो परिमाणमा अबैध कपडा बरामद गरेपछि नवलपरासीमा प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमा मोटो रकम असुल्दै हुने गरेको तस्करीको पर्दाफास भएको हो ।
20170924_102455राजश्व अनुसन्धानको टोलीले एक गोदामा छापामारेर अबैध कपडा बरामद गरेपछि तस्करले आफुले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मासिक रुपमा मोटो रकम दिने गरेको भन्दै राजश्व अनुसन्धानको टोलीलाई अवरोध पु-याएपछि यस्तो रहस्य बाहिर आएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । तर यस प्रति यस क्षेत्रका प्रहरी प्रशासन कानमा तेल हालेर सुतेको अवस्था छ । सशस्त्र प्रहरीले नेपाल प्रहरी र नेपाल प्रहरीले सशस्त्र प्रहरीलाइ दोषरोपण गर्दै कुनै कदम नचाली मुकदर्शक भएर बस्नुको अलावा स्वय प्रहरीलेनै रातको समयमा सिमावर्ती भारतीय बजारबाट हुने गोदामहरुबाट माल निकालेर राजमार्ग सम्म पु-याउने गर्दै आएको समाचारमा उल्लेख गरिएको छ । यस बापत तस्करहरुले प्रहरीहरुलाई मासिक रुपमा लाखौ रकम बुझाउने गरेका छन् ।

बिशेष गरी कपडा जन्य व्यापारको माग बढेपछि झन दशैको अवसरमा कपडाको माग बढेपछि तस्करहरु पनि आफ्नो कार्यमा झन बढावा दिएका छन् ।नेपाल भारत सिमा क्षेत्रबाट बिना भन्सार , एउटा बिलबाट पटक पटक समाग्री ल्याउने गरेको बताईएके छ । यसको नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले बेवास्ता गर्दै आएको पाईन्छ ।  यस कार्यमा नवलपरासीमा प्रहरी प्रमुखहरुको समेत संलग्नता रहेको पाईन्छ । जिल्लामा प्रहरी प्रमुखहरुले शान्ति सुरक्षाकालागी गोप्य सुचना 20170924_102728प्राप्त गर्न केही गोप्य सुराकी अथवा धुमुवा समेत राखेका छन् । तर ति घुमुवाले ति अबैध कारोवार गर्ने तस्करबाट मोटो रकम असुल्दै मौन बस्ने गरेको थाहा भएको छ ।    स्रोतका अनुसार तस्करहरुले मासिक रुपमा प्रहरी प्रमुख सम्म रकम पुग्ने गरी ति घुमुवा वा गोप्य सुकारी गर्ने सुराकीलाइ मोटो रकम दिने गरेका छन जुन । यस कार्यकालागि नवलपरासीमा नेपाल प्रहरी तर्फ प्रहरी सहायक निरिक्षक गजानन्द शाहा र सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी जवान मिश्रीलाल यादव र राजेश गुप्ता रहेका छन् । उनिहरु सबैको नवलपरासीबाट अबैध तस्कारीको काम गर्ने सबै तस्करसंग राम्रो उठबस छ । यस बारे ५ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मिङ्गमार लामाले तत्काल यस बारे सत्यता फेला परे दोषी कर्मचारीलाई कारवाही गरिने प्रतिकृया दिदै सशस्त्र प्रहरी पश्चिमान्चल क्षेत्रिय कार्यालयका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक सुबोध अधिकारीले यस बारे अनुसन्धान गरी दोषी फेला परेमा रवाही गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।