काठमाडौं असोज ५ , काठमाडौं पत्रकार महासंघका केन्द्रीय सभासद एवम् नयाँ विद्रोह साप्ताहिकका सम्पादक भावना विद्रोही प्रसाइमाथि गएराती अराजक शैलीका व्यक्ति अर्थात गुण्डाले किन र के कारणले उनीमाथि आक्रमण गरे त्यो भन्ने थाहा हुन सकेको छैन । यद्यपी भौतिक आक्रमणबाट पत्रकार विद्रोही सख्त घाइते भएकी छिन । पत्रकार विद्रोहीले मध्यरातमा काठमाडौ महासंघका पूर्व उपाध्यक्ष श्रीजन झालाइ मध्यरातमा फोनगरि आफुमाथि गुण्डाको भौतिक आक्रमण भएको र उपचारको लागि विरअस्पतालको आकस्मिक कक्षमा रहेको जानकारी दिदै सहयोगको लागि आग्रह गर्नु भएको थियो ।
साथै पत्रकार विद्रोहीले फोन सम्पर्कको क्रममा आफुले काठमाडौं महासंघका वर्तमान नेतृत्व र केन्द्रीय पदाधिकारी समेतलाइ जानकारी दिन फोन सम्पर्क गर्दा कसैले पनि फोन रिसिभ नगरेको र फोन रिसिभ गर्ने आशा गरिएको पदाधिकारीको मोवाइल अफ रहेको जानकारी दिदै त्यस अवस्थामा आफु ज्यादै विक्षिप्त भएको बताइन । पत्रकार विद्रोहीको अहिले विरअस्पतालमाआकस्मिक उपचारमा हुँदै गरेको र सहयोग र साथका लागि सहजीकरण गरिदिन पूर्व उपाध्यक्ष झालाइ अपिल गर्नु थियो ।