शनिबार, बैशाख ८, २०८१

दलका नेताको निर्देशनमा विवादास्पद नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको खुलासा

 काठमाडौं भाद्र १७,  प्रमुख दलका शीर्ष नेताहरूको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ । विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्येका त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख दलका नेताले सम्बन्धन दिन आफूहरूलाई निर्देशन दिएको खुलासा गरेका हुन् ।

‘हामीलाई प्रमुख दलका मुख्य नेताहरूले ९सम्बन्धन० दिनुपर्छ भन्नुभएको हो । त्यसमा एमालेका नेताहरू पनि छन्, कांग्रेस र माओवादीका पनि छन्,’ त्रिभुवन विश्वविद्यालयका कार्यकारी परिषदका एक सदस्यले भने, ‘हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं, उहाँहरूले नै निर्णय Captureभए पनि अहिले बाहिर नल्याउनुहोस् भन्नुभयो । तर, तीन सातापछि उहाँहरूले नै निर्णय ‘लिक’ गरिदिनुभयो ।’

डा. गोविन्द केसीको अनशन जारी रहेकाले कार्यकारी परिषदको निर्णय गोप्य राख्नुपरेको भन्दै ती सदस्यले राजनीतिक दलका नेताहरूले दोहोरो भूमिका खेलेको आरोप लगाए । आफ्नो परिचय र अडियो सार्वजनिक नगर्ने सर्तमा ती सदस्यले भने, ‘सम्बन्धन पाउनुपर्छ भन्ने नेताहरू नै थिए । उनीहरूले बाहिर त्यो विषयमा बोलेका छैनन् । निर्णयको विषय सत्तारूढ दल र प्रमुख विपक्षी नेताहरूको नोटिसमै थियो । दुवै थरीले थाहा छैन भन्न मिल्दैन ।  केसीको अनशनकै बीच निर्णय भएकाले त्यसलाई सार्वजनिक नगर्न प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठले समेत सजग गराएको ती सदस्यले खुलाए । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको पदेन कुलपति हुन् भने शिक्षामन्त्री सहकुलपति ।

सम्बन्धनको विषय करिब तीन साता गोप्य राखिएको थियो । जब कि त्रिविले सम्बन्धनको निर्णयमै यसबारे प्रधानमन्त्री, शिक्षामन्त्री, शिक्षा सचिवका साथै सम्बन्धित निकायहरूलाई पत्राचार गरी जानकारी गराउने उल्लेख छ । त्यसको भोलिपल्ट त्रिभुवन विश्वविद्यालयका निमित्त कार्यकारी सचिव रामेश्वर ढुंगेलले पत्र लेखेर निर्णयको जानकारी गराएका थिए । सम्बन्धनको सूचना पाए पनि प्रधानमन्त्री, शिक्षामन्त्रीले लामो समय त्यसलाई गोप्य राखेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा शिक्षा मन्त्रालयका उच्च अधिकारीले समेत यसलाई सार्वजनिक गरेनन् । सम्बन्धनको खेलमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ भित्री रूपमा सक्रिय रहेको स्रोतलाइ उदृत गर्दै आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली, मकर श्रेष्ठको वाइलाइनमा समाचार प्रकाशित रहेको छ ।