मङ्लबार, चैत्र ६, २०८०

तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता

Capture Captureकाठमाडौं असोज १०,   ३ वर्षीया बालिका तृष्णा शाक्यलाई नयाँ जीवित देवी कुमारी घोषणा गरिएको छ । मञ्जुश्री नकमहा विहारका विजयरत्न शाक्य र सिर्जना शाक्यकी छोरी तृष्णालाई मंगलबार गुठी संस्थान, तलेजुभवानी मन्दिरका मूल पुजारी, राजगुरु, कुमारीघरका चिताहदार, राजज्योतिषी, शाक्य महाविहार संघलगायतका प्रतिनिधिहरुले नयाँ कुमारी घोषणा गरिएको हो ।

वहालवाला कुमारीको उमेर हदका कारण प्रतिस्थापन गरी नयाँ कुमारी चयन गरिएको मंगलबार हनुमानढोका दरबारमा भएको पत्रकार सम्मेलनमा तलेजु मन्दिरका मुख्य पूजारी उद्धवमान कर्माचार्यले जानकारी दिनु भएको छ । त्यस्तै उहाँले महाअष्टमीका दिन तलेजु भवानीको मन्दिरमा बज्रयानी र तन्त्र परम्पराअनुसार कुमारीघरमा रहेको ९ ग्रहमाथि रहेको मयूर स्वर्णसिंहासनमा राखी पूजा गरिसकेपछि अहिलेसम्म मानिँदै आएकी कुमारीलाई बिदा गरिनेछ पूजा गरी नयाँ कुमारीलाई विधिवत्रुपमा स्थापित गरिनेछ ।

   यसैवीच  राष्ट्रपति भवन शीतल निवासमा धार्मिक परम्पराअनुसार गोयदान सहित नयाँ कुमारीलाई  जिवित देवीका रुपमा परिचित नव घोषित कुमारीलाइ , राष्ट्रपति विद्यादेवीसंग भेटवार्ता गराईएको छ । उक्त भेटका अवसरमा गुठी संस्थानका अध्यक्ष, प्रशासक, कुमारी घरसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।