शुक्रबार, चैत्र १६, २०८०

गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा, विभिन्न कार्यक्रम सहित संविधान दिवस मनाइदै

काठमाडौ असोज ३,  आज संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । सरकारले संविधान जारी nepal-government-logoदुई वर्ष पुगेको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ भने संविधान दिवस मुलुकभर सोमबार हर्षोल्लासका साथ मनाइँदैछ ।  समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवम् सञ्चारकर्मीको उपस्थिती रहेको थियो । दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

मुलुकमा जारी संविधानले परिकल्पना गरेअनुरुपका लक्ष्यलाइ संस्थागत गर्ने अभियान अन्र्तगत आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने अवस्थालाइ दृष्टिगत गर्दै पहिलो लक्ष्य स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रदेश र प्रतिनिधीसभाको निर्वाचनको लागि मिति तय भइसकेको छ । तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुकमा जारी संविधानलको कार्यान्वयनमा थप सहजता आउँने विस्वास गरिएको छ ।