बिहिबार, बैशाख १३, २०८१

क्रान्तिकारीको अध्यक्षमा तामाङ र महासचिवमा अधिकारी निर्वाचित

काठमाडौ भाद्र १७,  माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित हुनुभएको छ । क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलन अन्र्तगत ३३ पदाधिकारीसहित २४३ नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको  आज बिहान सम्पन्न मतगणनामा तामाङले प्रतिस्पर्धी अनिल 1318769618Akhilशर्मालाइ पराजित गर्दै निर्वाचित भएके हो । तामाङले ८४५ शर्माले ८२२ मत प्राप्त गरेका थिए ।

त्यस्तै अनेरास्ववियु क्रान्तिकारीको खुला उपाध्यक्ष, महिला उपाध्यक्ष, जनजाति उपाध्यक्ष र मधेशी उपाध्यक्षमा क्रमस सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पञ्चा सिंह, दीपेश पुन रविकिरण यादव त्यस्तैगरि महासचिवमा उत्तम अधिकारी कोषाध्यक्षमा केशव रावल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिबाट प्राप्त जानकारी अनुसार महिला उपमहासचिवसहित ९८ जना निर्विरोध निर्वाचित भएको थियो । बाँकीपदको लागि निर्वाचन प्रक्रिया  अवलम्वन गरिएको थियो ।