बिहिबार, बैशाख ६, २०८१

आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोमा खड्ग प्रहार गर्दै खड्ग जात्रा मनाइयो

काठमाडौं असोज १४,  विजया दशमीका दिन काठमाडौं उपत्यकामा मनाउँने खड्ग जात्रा आज साँझ मनाइएको छ ।  शक्तिपीठमा तन्त्र साधना गरी खड्गधारणा गरी मनाइने यो जात्रा यट्खाबाट कंकेश्वरी , टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, र मध्यरातमा तलेजु भवानी लगायतका पीठबाट निकानुको अलावा खड्ग धारण गरेर टोल परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गरिन्छ ।