शुक्रबार, चैत्र १६, २०८०

आज बडादसैंको सातौं दिन, फुलपाती भित्र्याउँदै देवी कालरात्रीको पूजा अर्चना गरिंदै

काठमाडौ असोज ११,  आज बडादसैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका ६ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म ६ जना ब्राह्मणले ल्याउने चलन छ । त्यस्तै फुलपातीको दिन आज देशभरका 6207411861_26edd16d77_zशक्तिपिठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राइन्छ ।
यसैबीच, नवरात्रको सातौं दिन आज कालरात्री भगवतीको पूजा अर्चना पनि गरिंदै छ । आजकै दिन हनुमानढोकास्थित दसैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्रयाउने चलन छ ।

 घटस्थापनाका दिनदेखि दसैं सुरु हुने भएपनि दसैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम सुरु हुन्छ ।