बिहिबार, चैत्र १५, २०८०

यस्तो छ महासंघको २५ औ महाधिबेशनको लागि युनियनका उम्मेदवार

काठमाडौं भाद्र१ , नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघकोआसन्न २५ औ महाधिबेशनको लागि बाँकी उम्मेद्वारको चयन गरेको छ । युनियनको आज बसेको बैठकले खुल्ला सदस्यमा लक्ष्मण कार्की, नकुल अर्याल र हरिहर सिहं राठौर, मधेसी सदस्यमा अवधेश झा, अपाङमा माधव चौलागाइ, अल्पसङ्ख्यकमा fnj logoमोहम्मद इजहार मिकरानी र दलित सदस्यमा सुर्य बिक, प्रतिष्ठान सदस्यमा यम बिरहिको नाम टुङ्गो लगाएको छ ।

यस्तै उपत्यका प्रदेसबाट श्रीजन झा, प्रदेस न २ .न बाट सैलेन्द्र झा, ३ बाट राजकुमार कार्की, ४ बाट दिलिप पौडेल, ५ बाट पुरुसोत्तम सुवेदी, ६ मा कलेन्द्र सेजुवालको नाम तय गरेको छ ।  त्यस्तै गरि लेखा समिती सदस्यमा मिरा राजभन्डारीको नाम तय गरेको छ भने प्रदेश नम्बर १, ७ र जनजाती एशोसिएट सदस्यको नाम शुक्रबार टुङ्याइने छ ।
यसअघि बुधवार लोकतान्त्रिक प्रगतीशील व्यवसायिक गठबन्धन अन्र्तगत प्रेस सेन्टरका गोविन्द आचार्यको नेतृत्वमा विपुल पोखरेललाई उपाध्यक्ष र दिलीप थापामगरलाई समावेशी उपाध्यक्ष त्यस्तै महासचिबमा रमेश विष्ट र खुल्ला सचिबमा रामप्रसाद दाहालको उम्मेदवारी घोषणा गरेको थियो । त्यस्तै आदिवासी जनजाती सचिबमा उदय जीएम, सचिब महिलामा लक्ष्मी पुनलाई गठबन्धनले मैदानमा उतारेको छ भने कोषाध्यक्षमा राजेश मिश्र मधेसी सचिबमा शीतल महतोको उम्मेदवारी घोषणा गरिएको थियो ।