शुक्रबार, चैत्र १६, २०८०

महोत्तरीमा पाँचको मृत्यु,राहत र उद्धारकार्य जारी

महोत्तरी भाद्र १ ,  गत आईतवार आएको वाढीमा महोत्तरीमा हालसम्म पाँचजनाको मृत्यु भएको छ । बुधवार विहान मनरा गाउपालिका स्थित झिंगास्थान नदीमा तैरिहेको अवस्थामा अन्दाजी ५० वर्षको पुरुषको शव फेला परेकोमा अहिलेसम्म उक्त लासको पहिचान खुल्न सकेको छैन। त्यसतै भंगहा गाउपालिका ७ मा aayon ktm light bitaran daibi prakop udhar samiti ko baithak ko drisya jaleshwor karagar kamal bahadur rajlabat niji rup ma rahat bitaranवाढीको पानीमा करेन्ट लागेर अन्दाजी ४० वर्षिय महेश सिंह,धनुषा घर भई जलेश्वर ८ बजराही छोरीको घर आएका ६५ वर्षिय शिव महरा,लोहारपटटी १ मा वाढीमा वेपता भएका इन्दल महरा र जलेश्वर २ खैराचोकका १५ वर्षिय विक्की कुमार ठाकुरको मृत्यु भैसकेको छ । त्यसतै वाढीमा वगेर वेपता भएका थप एकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सयौ घर पुर्ण क्षति : महोत्तरीमा वाढी आएपछि सयौ घर पुर्ण क्षतिग्रस्त भएको प्रहरीको प्रारम्भिक तथ्यांकले देखाएको छ । क्षतिवारे विवरण संकलन गर्न खटिएको प्रहरीको पहिलो दिनको युनिटले महोत्तरीमा हालसम्म पाचसय ६८ घर पुर्ण क्षतिग्रस्त भएकोे जनाएको छ । त्यस्तै तीनसय विरासी घरमा आशिंक क्षति पुगेको प्रहरीको प्रारम्भिक तथ्यांक छ । तथ्यांक संकलन कार्य विभिन्न युनिटहरुले द्रुत गतिमा गरिरहेकोले एक दुई दिन भित्र नै महोत्तरीमा वाढी पिडितहरुको पुर्ण विवरण संकलन भैसक्ने प्रहरी उपरिक्षक कुवेर कडायतले बताए । उनले प्रत्येकको घरमै पुगि तथ्यांक संकलन भैरहेकोले वास्तविक पिडित सवै तथ्यांकमा समेटिने बताए ।

राहत र वचाव कार्य जारी : वाढीमा परेर जोखिममा परेकाहरुलाई सुरक्षाको टोलीले वचाव तथा उद्धार कार्य जारी राखेको छ । नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न युनिट बनाई जिल्लाका वाढी प्रभावित क्षेत्रहरुमा वचाव र उद्धार गरिरहेको दैवी प्रकोप उद्धार समितिले जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले सवै सुरक्षित नभएसम्म वचाव र उद्धार कार्य नरोकिने बताए । यता वाढी पिडितहरुलाई विभिन्न संघसंस्थाहरुले राहत वाडेको छ । नेपाल रेडक्रस सोसाईटी,सेभ द चिल्ड्रेन,रतौली युवा क्लव,शान्ति तथा विकासका लागि युवा संजाल ( वाईएनपिडी) र आयोन काठमाडौं लगायतका संस्थाहरुले केहि वाढी पिडितलाई राहत वाडेको हो भने थप राहत कार्य जारी राखेको छ । जलेश्वर १० सारीका ६३ परिवार वाढी पिडितलाई सेभ द चिल्ड्रेनको सहयोग र रतौली युवा क्लव तथा सिएफडव्लुए को सहजीकरणमा घर सर्वेक्षण गरि चुरा,चिनी र दालमोठ वितरण गरिएको छ । त्यसतै नेपाल रेडक्रस सोसाईटीले जलेश्वर कारागार तथा विभिन्न सेल्टरमा वसेका वाढी पिडितलाई चुरा,चिनी र दालमोठ समेत वितरण गरेको छ । यता आयोन काठमाडौं र वाईएनपिडीले संयुक्त रुपमा जलेश्वर कारागारमा चुरा,चिनी,दालमोठ र पानी वितरण गरेको छ भने महेन्द्र आदर्श महिला माविमा सेल्टर बनाई वसेका केहि वाढी पिडितलाई ९ थान ईमरजेन्सी लाईट वितरण गरेको छ । राहत वितरणमै निजी रुपले समेत विभिन्न व्यक्तिहरु अगाडी वढेका छन । जलेश्वरका केहि स्थानियहरुले समेत सेल्टरमा वसेकाहरुलाई सामुहिक खानाको वन्दोवस्त नियमित गरिरहेका छन भने जलेश्वर कै कमल वहादुर राजलवटले समेत स्थानिय वाढी पिडितलाई राहत वाडे ।

स्वास्थ्य परिक्षणमा अधिकांशलाई भाईरल फिवर : जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरिक्षक सन्तोष कुमार ठाकुरको नेतृत्वमा जलेश्वर स्थित महेन्द्र आदर्श महिला माविमा १७० जनाको स्वास्थ्य परिक्षण गरिएकोमा सो मध्ये सयजनालाई भाइरल फिवर रहेको स्वास्थ्य निरिक्षक ठाकुरले बताए । उनले चारजनालाई डाइरिया र अन्यलाई सामान्य अन्य रोगहरु लागेको बताए । स्वास्थ्य परिक्षण पश्चात सवैलाई औषधी समेत निशुल्क उपलव्ध गराईएको थियो । यता राहतका थप विवरणहरु दैनिक आईरहेको छ ।