शुक्रबार, चैत्र १६, २०८०

भक्तपुर मालपोतमा तालाबन्दी , सेवाग्राही प्रभावित

भक्तपुर भाद्र १५ भक्तपुर मालपोत कार्यालयले कार्यालयको मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेधगर्ने निर्णय गरेसंगै नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको सम्पूर्णका कामकाज प्रभावित भएको छ ।  कानून व्यवसायी एशोसिएसनले मालपोतको उक्त निर्णय पूर्वाग्रही Captureभएको जनाउँदै कार्यालयको मूलढोकातालाबन्दी सहित विरोधको ब्यानर टाँगेर आन्दोलन गरेको सुरु गरेको हो ।

आन्दोलित एशोसिएसनका अगुवाहरुका अनुसार सेवाग्राहीलाई दुःख नदिन वारम्वार आग्रह गर्दा कुनै सुनवाइ नगर्नुको अलावा अहिले प्रवे निषेधगर्ने मालपोत अधिकृतको गलत कार्यशै हैकमवादी भएको आरोप लगाउँदै कार्यालयले आफ्नो माग सम्बोधन नगरेसम्म तालाबन्दी सहितको आन्दोलन जारी रहने बताएका बताएका छन । तर कार्यालयका प्रमुख कमल तिमिल्सिनाले बाहिरी एवं बिचौलिया व्यक्तिले मोठ, तामेली फाँटमा प्रवेश गरेर आफुखसी काम गर्न थाले पछि बाध्य भएर यस्तो निर्णय गर्नु  परेको बताए ।