शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसले प्रदेश नं २ का उम्मेदवारको नाम शुक्रवार सार्वजनिक गर्ने

काठमाडौ भाद्र १५ ,  प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रदेश न २ को ८ जिल्लामा हुँने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।  पटक पटकको छलफलपछि १३६ स्थानीय तहको लागि पार्टीको तर्फबाट खडा हुँने उम्मेदवारको टुंगो लगाइएको जनाउँदै काँग्रेस congressमुख्यालयले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा राजधानी बाहिर हुनुभएकाले शुक्रवारमात्र भोलिमात्रै नाम सार्वजनिक गरिने बताएको छ ।

त्यस्तै काँग्रेसले विगतको निर्वाचनबाट पाठ सिक्दै निर्वाचनको तयारीका लागि आठै जिल्लाका सबै तहमा प्रचारसमिति सञ्चार केन्द्र स्थापना गरी प्रचार प्रचारलाई तीव्रता दिदै आएको छ ।  प्रदेश नं २ को प्रस्तुत निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछ ।