शनिबार, बैशाख ८, २०८१

एन्फा बैठक : ‘ए’ डिभिजन लिग फुटबलको आयोजना गर्ने 

01122015090533anfa-logo-1000x0काठमाडौ भाद्र १, अखिल नेपाल फुटबल संघका् बुधवार बसेको बैठकले ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । विगत चार यतादेखि प्रस्तुत प्रतियोगिता हुन नसकेका कारण खेलाडीहरुमा एक किसिमको अन्यौताको वातावरण देखिएको निष्कर्ष सहित एन्फाले यो निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै एन्फाले विधान संसोधनका लागि असोज २३ मा संघको विशेष साधारणसभा गर्ने र पुस २३ गते नयाँ नेतृत्व चयनका लागि चुनाव गर्ने प्रस्ताव पनि एएफसीसामु पठाउने निर्णय सहित  बैठकमा एशियाली फुटबल महासंघ (एएफसी)को विकास कार्यक्रमअन्तर्गत काठमाडौं, मकवानपुर तथा नवलपरासीमा एक एक फुटबल मैदान बनाउने निर्णयसमेत गरेको छ ।