बिहिबार, चैत्र १५, २०८०

सालेसले सुन तस्करीबारे छलफल गर्न सरकारी वकिललाई बोलायो 

 काठमाडौ पौष १५,   व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको  मंगलवार बसेको  बैठकले    सुन तस्करीमा प्रत्यक्षरुपमा संलग्न भएका व्यक्तिलाई त्यतिकै छाडिएको भन्दै सरकारी वकिललाई बोलाएर छलफल गर्ने भएको छ । त्यस्तै   बैठकले विभिन्न समयमा अवैध prime-Minister-election-in-nepal-300x201तवरले आएका सुन कारोबारीमा संलग्नलाई कारबाही नगरी छाडेको, चित्तबुझ्दो बयान नलिएको तथा दोषी उम्काउने खेल भएको भन्दै बैठकमा सांसदहरू धनराज गुरुङ, रामहरि खतिवडा, विकास लम्साल, डोरप्रसाद उपाध्याय लगायतले धारणा राख्नुभएपछि सो विषयमा थप छलफल गर्न लागिएको हो ।

  त्यस्तै  बैठकमा  सभापति जनार्दन शर्माले कानुनीराज्यमा गलत काम गर्ने जो कोहीलाई त्यत्तिकै छाड्न नमिल्ने भन्दै थप अनुसन्धान गर्नुपर्ने देखिएकाले आगामी बैठकमा सम्बद्ध कार्यालयलाई बोलाउने निर्णय गरेको जानकारी दिनुभएको  छ ।