शुक्रबार, चैत्र १६, २०८०

लोकतन्त्रको संस्थागत विकासका लागि हातेमालो गरौ

हाम्रो कुरा: 

बागमती सफाईको क्रममा प्रर्दशन गरेको एैकेवद्धता जस्तै लोकतन्त्रको संस्थागत विकासका लागि होतेमालो सहित आ आफ्नो दायित्व पूरा गरौं

निकै उप्लब्द्यीको रुपमा हेरीएको लोकतन्त्र प्राप्ति भएको आज सात बर्षे लागीसक्यो । जनताको लामो सघर्ष पछि,देशले ठूलो राजनितीक उपल्बधी हाँसील गरेको उपल्क्षमा आज मुलुकभर लोकतन्त्रदिबस मनाइदै छ । तर लोकतन्त्र स्थापना भएको यतिका बर्षे बितिसक्दा समेत नत यसको उपब्धिको रुपमा लिइएको संबिधानसभाले संविधान नै दिन सकेको छ नत त्यसले ठोस कुनै ठूलो उपल्बधीनै ।

जब जब संबिधान निर्माणको घोषित मिति अन्तिम बिन्दुमा आइपुग्छ त्यतिखेर दलहरु एकआपसमा धुब्रिकृत हुन्छन । बारम्बार आफैले  घोषणा गरेको संबिधान निर्माणको मिति पर पर धकेल्नतर्फ जिम्मेवार राजनितीकदल लागिपरेका छन् । एकपटक असफल भइ सकेको संबिधानसभालाई पूर्णता प्रदान गर्ने दोस्रो पटक संविधान सभाको निर्वाचन गरीयो । जनतासामु दोस्रो पटक पनि संबिधानसभाको निर्वाचनबाट संविधान निर्माणगर्ने प्रतिबद्धता लिएका राजनितीक दलहरु संबिधान निर्माणको समय सिमा नजिक पुग्दा समेत बेखबर भएर ब्यक्तिगत र पार्टीगत स्वार्थमा रुमलीरहे ।

अहिलेको स्थितीलाई हेर्ने र केलाउने हो भने संबिधानसभालाई राजनितीकदलहरु आफ्नो अभिष्ट पूरनगर्दै सग्रप्रक्रियालाइनै बन्धक बनाउनतर्फ लागिपरेको देखिन्छ । एकातर्फ दोस्रो पटक पनि संबिधान निर्माणको जिम्मेवारी दिएर पठाएका आमजनता सामू जसरी पनि संविधान निर्माण गर्नुपर्ने जिम्मेवारी बोकेका राजनितीकदल सामू संबिधान निर्माण गर्नुपर्ने अबसर र चुनौति दुबै छ । तर राजनितीकदलको आजका दिनसम्मका गतिबिधिको मुल्याकंन गर्ने हो भने उनीहरु यो चुनौतिलाई बेवास्ता गर्दे आएको जस्तो देखिन्छ । वारम्बार संबिधान निर्माणको मिति तोक्ने र त्यसमा असफला हाँसिल गर्ने गर्देआएका राजनितीकदल आफ्नो जिम्मेवारी प्रति गम्भीर भइ जिम्मेवार हुनुपर्ने समयमा अझै त्यस तर्फ कर्तब्य बिमुख रहेको देखिन्छन् । आफुसामू रहेको संबिधान निर्माणको चुनौतिलाई अबसरको रुपमा लिनुपर्नेमा उल्टो राजनितीक पार्टीहरुले त्यसतर्फ गैरजिम्मेवारीपना देखाउदै आएकाछन् ।

राजनितीक तहमा सम्भवत पछिल्लो समय सबैभन्दा बढी उच्चारण गरीएको दिन थियो माघ आठ । माघ ८ कसैका लागी निराशाको समय बन्यो,कसैका लागी व्यङग ,कसैका लागी अस्तित्वको लडाइ । यो लडाइ बाट क कस्ले के कमाए या के गुमाए यस्को मुल्याङ्कन समय र जनताले गर्नेछन् । तर आम नेपाली जनताले आफ्नो निर्णय प्रति लज्जाबोद्य भने अवश्य गरेका छन् । यति खेर आमनेपाली जनता राजनितीकदलका रवैयाबाट अवाक भएका छन ।राजनितीकदलको आपसी खिचातानी देखेर आम नेपालीजनतालाई राजनिती प्रतिनै बितृष्णा फैलदै गएकोछ । त्यस दिनको ताण्डवनृत्यमा प्रक्रिया र बहुमतको प्रदर्शनले जनतामा झनै वितृष्णा थपेको छ बोलीमा सवैको मुखमा संबिधानको रटान भएपनि त्यो व्यवाहरमा मुखरित हुन सकेको छैन ।

बारम्बार प्रकृयाको बिन्दुमा पुगेको संबिधानसभालाई अबरुद्ध गरेरमात्र समस्याको सामाधान हुदैन । यतीखेर संबिधान निर्माणका बिषय बस्तुतर्फ उदासिन होइन चिन्तन मननका साथ गम्भीर भएर लाग्नुपर्ने समय आएको छ ।फेरीपनि बिगतमा झै सत्ताकेन्द्रीत राजनितीलाई प्राथमिकता राख्न छाडेर राजनितीक अडान कायम खाख्नु भन्दा राजनितीमा देशलाई प्रगतिपथमा लैजानका लागि आपसी समझदारी बढाउनका निम्ति अधिकत्तम लचकता जरुरी छ । हुन अहिलेसम्मको दलीय प्रवृतिलाई हेर्नेहा भने नेपाली राजनितीमा लचकतालाई हिनताबोद्यको रुपमा लिने विकृत मानसिकताका कारण नेपाली राजनितीले गतिलिन सकेको छैन ।

लोकतन्त्रीक मुलुकका जनताले अझै सम्म डर, भय त्रास मुक्त भएर जिविकोपार्जन गर्ने समेत पाएकाछैन । समयमै राजनितीक निर्णय लिन नसक्दा युवाशक्ति बिदेश पलायन हुनुपर्ने बाध्यता छ भने देशमा ब्यापक बेरोजगारी बढ्दो छ । उद्योग धन्दा ,कलकारखाना , ब्यापार,ब्यबसाय देशको मेरुडण्ड हो । त्योनैै अपेक्षीत रुपमा सुचारु हुन नसकिरहेको अबस्था छ । आजका दिनमा देखिएको नाम मात्रको लोकतन्त्र भन्दा पनि यसका ब्याबाहारिक पक्षलाई बुझ्दै कार्यान्वयन गर्ने तर्फ लाग्नुपर्ने देखिएको छ । त्यस्तै लोकतन्त्रलाई बास्तविक रुपमा स्थापित गराउन र त्यसको आभाष आम जनतालाई गराउनका निम्त्ती राजनितीकदलले आजकै दिन देखि आफुहरुका बिचमा रहेको तिक्त्तता र दुरीलाई कमगरी सक्दो लच्चकताका साथ सहमतिमा आउनुको विक्ल्प छैन । यसअर्थमा पनि आफुलाई जिम्मेवार रुपमा प्रस्तुत् गरी देशको समृद्धिको लागि समयमानै विद्यमान यावत मुद्धाको सम्बोधन गर्दै अगाडि बढ्नु आजको आवश्यकतालाईवैले मनन गरौ सबैमा सदभाब सदाचार र देशको समृद्धिकाका लागि आफुले निर्वाह गर्नु पर्ने दायित्व पूरागर्ने तर्फ बागमती सफाईको क्रममा प्रर्दशन गरेको एैकेवद्धता जस्तै लोकतन्त्रको संस्थागत विकासकालागि होतेमालो सहित आ आफ्नो दायित्व पूरा गरौं । अन्तमा सम्पूर्ण नेपालीहरुमा लोकतन्त्र दिबसको शुभकामना ।