शुक्रबार, चैत्र १६, २०८०

९ हजार ६८६ मतदाताले नेपाल बारको नयाँ मार्गचित्र कोर्यो , मतगणना चैत १९ बाट

काठमाडौ चैत १७,   नेपाली कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनको देशभरिबाट मतपेटिका सङ्कलन भएसंगै चैत १९ गतेबाट काठमाडौमा मतगणना गरिने भएको छ ।

१० हजार ३१३ कुल मतदाता रहेको वारको निर्वाचनमा देशभरिका ३५ मतदान केन्द्र बाट ९ हजार ६सय ८६ मत खसेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनु भएको छ । जस अनुसार सर्वोच्च मतदान केन्द्रमा ४ हजार ८४३ मत खसेको छ भने सर्वोच्च वारमा रहेको मतदान केन्द्रमा ६४४, उच्चवारमा १ हजार ६८८, काठमाडौँमा १ हजार ५८० र ललितपुर वारको ५०२ र भक्तपुर तथा नाम सारिएका ४२९ मत खसेको हो ।

३ वर्षे कार्यकालको २५ सदसयीय केन्द्रीय कार्यसमितिका लागि भएको प्रस्तुत निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूह सहित थप १३ जना सहित ६३ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए ।

अध्यक्ष , महासचिव, कोषाध्यक्ष, सातै प्रदेशबाट १÷१ गरी ७ उपाध्यक्ष र १ महलिा उपाध्यक्ष सहित १४ केन्द्रीय सदस्य निर्वाचित हुने यस निर्वाचनमा  प्रगतिशील समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।