बिहिबार, बैशाख १३, २०८१

९ महिने शिशु सोनालीका हत्यारा पक्राउ

 धर्मेन्द्र कुमार यादव 

गौशाला कार्तिक ३, महोत्तरीको औरही नगरपालिकाकी ९ महिने शिशु सोनाली चौधरीको हत्याका आरोपी पक्राउ परेका छन् । सोनालीलाई बालत्कार गरी हत्या भएको झण्डै २ मिहना पश्चात उनको हत्यारा महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् । सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको ईनरवा स्थित भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । महोत्तरीको भंगहा प्रहरीचोकीमा केहि महिना अघि ईन्चर्जको रुपमा कार्यरत्त रहेका प्रहरी सहायक निरीक्षक अवधलाल साह हाल भण्टावारी स्थित प्रहरीचोकीमा कार्यत्त रहेको र उनकै टोलीले हत्यारा भरतलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गत भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर लगी बलात्कार गरी निर्मम तरिकाले हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए । शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दे बस्दै आएका थिए । घटना पश्चात हत्यारालाई यथासिघ्र पक्राउ गरी कारवाहस् गर्न औरहीबासी बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलन समेत गरेका थिए । हत्याराको स्थानीयबासिन्दा र प्रहरीले दुर्विनको सहायतालो चौरतिर खोजविन समेत गर्दा फेला परेको थिएन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।