बुधबार, बैशाख १२, २०८१

९% घरधुरीहरु अझै पनि आधारभूत शौचालयको सुविधाबाट वञ्चित

 काठमाडौं मंसिर ४, नेपाल आधारभुत सुविधायुक्त शौचालयको पहुँचमा सुधार र खुल्ला क्षेत्रका दिसा गर्ने संख्या न्युनीकरण गर्नेमा पहिलो १० देशभित्र र खुल्ला दिसा मुक्त क्षेत्र सुधार गर्नेमा चौथो स्थानमा रहे पनि विश्व शौचालय दिवसको अवसरमा सार्वजनिक गरेको वाटरएडको विश्व शौचालयसम्बन्धि तेश्रो वार्षिक विश्लेषण’ Out of Order’ अनुसार विश्वमा प्रत्येक ३ जनामध्ये १ जना शौचालयको पहुँचमा नभएको उल्लेख गरिएको छ । त्यस्तै विश्लेषण प्रतिवेदनमा शौचालयको पहुँचको अभावका कारणका विश्वभरि महिला र युृवतीहरुले खेप्नुपरेका पीडाहरु राम्रोसँग प्रस्तुत रहेको छ ।

 त्यस्तै सन् २०१७ मा आइपुग्दा नेपालका ९३.३ प्रतिशत जनतामा सरसफाइको पहुँच पुगेको सरकारी तथ्याङ्क रहको छ भने खानेपानी तथा ढल निकास विभागले २०१७ मा गरेको तथ्याङ्क अनुसार नेपालका ९% घरधुरीहरु अझै पनि आधारभूत शौचालयको सुविधाबाट वञ्चित रहेको जनाउँदै २६ लाख मानिस अझै पनि खुल्ला क्षेत्रमा दिशा गरिरहेको आकडा प्रस्तुत गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।